नियम ४९
कबुलियती वनको दस्तुर
(१) पट्टावालाले प्रत्येक आर्थिक बर्षको आषाढ मसान्तसम्ममा अनुसूची–२० बमोजिमको बार्षिक दस्तुर जिल्ला वन कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र दस्तुर नबुझाउने पट्टावालालाई पौष मसान्तसम्मको लागि दश प्रतिशत, चैत मसान्तसम्मको लागि पचास प्रतिशत र अर्को आषाढ मसान्तसम्मको लागि शत प्रतिशत जरिवाना गरी दस्तुर असुल गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम म्यादभित्र दस्तुर नबुझाउने पट्टावालाको पट्टा खारेज हुनेछ । तर पट्टावालाले बुझाउन नसकेको कारण खुलाई नेपाल सरकार समक्ष निवेदन दिएमा र नेपाल सरकारलाई मनासिव लागेमा उपनियम (२) बमोजिम जरिवाना सहित लाग्ने जम्मा दस्तुरमा
शत प्रतिशत थप जरिवाना थप लिई एक बर्षसम्म पट्टा कायम राख्न सक्नेछ ।